Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारमा ‘कामचलाउ’ पुल भत्किएपछि विद्यार्थीहरु मारमा
    फोकस लुम्बिनी

    मर्चवारमा ‘कामचलाउ’ पुल भत्किएपछि विद्यार्थीहरु मारमा

    प्रधानाध्यापक भन्छन्- कम उमेरका विद्यार्थीहरु विद्यालय आउनै छाडे
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १७, सोमबार १७:३१ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    मर्चवार, १७ भदौ । रुपन्देहीको मर्चवार क्षेत्र अन्र्तगत कोटहीमाई गाउँपालिका-४ कि प्रतिभा चौधरी गुणस्तरीय शिक्षाका लागि घरबाट ५ किलोमिटर टाढा श्री ठर्की माध्यमिक विद्यालयमा पुग्छिन् । उनको गाउँमै विद्यालय नभएको होइन् । तर, उनले मर्चवारी गाउँपालिका-६ स्थित ठर्कीमा राम्रो अध्यापन हुने गरेको पाएपछि अध्यापनका लागि त्यही विद्यालय रोजिन् । घरबाट टाढा भएपनि शिक्षा प्राप्तीका लागि उनी सधै घरबाट पैदल नै विद्यालय पुग्छिन् । तर, शिक्षा हासिल गर्नका लागि आजभोली उनलाई कठिन भएको छ । उनको शिक्षा प्राप्तीको यात्रामा अवरोध पुगिररहेको छ । किनभने उनको विद्यालय यात्राको बाटोमा रहेको सानो पुल भत्किएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘पहिलो पुल ठिक हुदाँ सहजै विद्यालयमा पुगिन्थयो तर अहिले पुल भत्किएपछि निकै समस्या भएको छ’, कक्षा १० मा अध्यनरत उनी भन्छिन, ‘वैकल्पिक बाटो प्रयोग गरे विद्यालय पुग्न ढिला हुन्छ । पुल बनाइदिने कोही भएन । त्यसैले खेतको आली र हिलाम्मे बाटो प्रयोग गरेर विद्यालय जान बाध्य भएका छौँ ।’ विद्यालय समयमा एकै पटक सोही बाटोमा विद्यार्थीहरुको चाप बढ्दा विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पनि समस्या परेको छ ।

    मुख्यसडकबाट विद्यालयमा जानका लागि फराकिलो सडक निर्माणको क्रममा स्थानीय व्यक्तिले आफ्नो जग्गामा निर्माणको स्विकृती नदिएपछि फराकिलो सडक निर्माण हुन नसकेको स्थानीयको भनाई छ । सडक निर्माण नहुँदा विद्यालय पुग्नका लागि कामचलाउ पुल निर्माण गरी आवतजावत भइरहेको थियो । मंगलबार अज्ञात ब्यक्तिहरुले उक्त पुललाई भत्काएपछि विद्यालयमा अध्यापन गर्ने एक हजार बढी विद्यार्थीहरुलाई समस्या परेको स्थानीयहरु बताउँछन् ।

    पुल भत्किएपछि विद्यालयको समयमा एकैपटक विद्यार्थीहरुको चापका कारण धरै समस्याको भएको अर्का विद्यार्थी खुलाब कुमारले बताए । सम्बन्धित निकायहरुले समस्या समाधान नगर्दा विद्यार्थीहरुका साथै शिक्षक र अभिभावकहरुले पनि समस्या भोग्नु परेको छ । पुल भत्काए पछि विद्यार्थीहरुले खेतको हिलाम्मे आलीको प्रयोग गरेर विद्यालय जान बाध्य छन् ।

    उक्त विद्यालय पुग्न बाटोको रुपमा आली प्रयोग गरिएको थियो तर एक जना स्थानीय बाहेक अन्यको सहमतीमा १० फिटको बाटो निर्माण गरी पिसीसी ढलान गरिएको थियो । तर, बिचमा अधुरो रहेको ठाउँमा खेतको आली बराबरको पुल निर्माण पछि विद्यालय पुग्न सहज भएको थियो ।

    गोरेटो बाटोलाई फराकिलो बनाएर पिसीसी सडक निर्माण पश्चात विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहज भएको विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताए । खेतहरुको पानी बग्ने ठाउँमा विद्यालयको लागतमा २०६७ सालमा निर्माण गरिएको सानो पुललाई स्थानीय अज्ञात समुहले तोडोपछि सबैलाई समस्या भएको उनले बताए ।

    उनका अनुसार पुलको ठाउँमा ह्युमपाइप राखेर ब्यवस्थित बनाउन खोजिएपनि जग्गाधनीले स्विकृती नदिदाँ ह्युमपाइप राख्न सकिएको छैन । पुल भत्किएको कारण कम उमेरका विद्यार्थीहरु विद्यालय आउन छाडेको उनले बताए । भत्किएको पुल निर्माणका लागि विद्यालयले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपालिका पुल मर्चवार विद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.