Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारमा सहकारी लुटपाट प्रकरण : न भेटियो रकम न अपराधी
    अर्थ

    मर्चवारमा सहकारी लुटपाट प्रकरण : न भेटियो रकम न अपराधी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १८, मंगलवार १७:२२ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, १८ भदौ। गत साउन ३१ गते रुपन्देहीको मर्चवारी गाउँपालिका-५ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा राखिएको रकम चोरी भयो । घटना भएको १९ दिन बितिसक्यो । तर, शान्ति-सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले चोर समाउन सक्यो न चोरी भएको रकम बरामद गर्न नै ।

    घटनाको अनुुसन्धानले तिव्रता नपाउँदा प्रहरीले अनुसन्धानको किनारा लाग्न नसक्ने देखिएको छ । घटनामा सहकारीको कर्मचारी र पदाधिकारीकै संलग्नता हुन सक्ने मर्चवारी गाउँपालिका–४ का सुग्रिम यादवको आरोप छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘धेरै रकम सहकारीमै व्यवस्थापन गर्नु र कहाँ, कति रकम राखिएको छ भन्ने कर्मचारी र पदाधिकारीहरुबाहेक अन्यलाई थाहा हुदैन’,उनले भने, ‘तसर्थ, सहकारीका कर्मचारी र पदाधिकारीहरुलाई ‘सस्पेक्ट’ रुपमा राखेर उनीहरु माथी अनुसन्धान गर्नुपर्छ ।’ अपराधमा संग्लन व्यक्ति र रकम बरमाद गर्न नसक्दा प्रहरीको कमजोरी प्रर्दशन भएको छ ।

    दुई जना चोरले सहकारीको ताल्चा तोडेर राखिएको २३ लाख ११ हजार ४४ रुपैया अझै बरामद नभएको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिनेश कुमार मौर्यले बताए । उनले भने,‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् । अनुसन्धानमा हाम्रो सहयोग छ । तर, अहिलेसम्म केही पत्ता लागेको छैन ।’

    स्वावलम्बनको सिसिटिभी फुटेज अनुसार करीब ११ः४५ बजे दुई जना व्यक्ति चोरीका लागि स्वावलम्बनको रिटार्निङ्ग वालबाट प्रवेश गरेका छन् ।

    ‘दुबै जना भवनको मुल गेटको ताला तोडेर पहिलो तल्लामा प्रवेश गरेका थिए । पहिलो तल्लाको ताला तोडेर एक जना आर्थिक कारोबार विभाग र अर्को लकर भएको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेका थिए’ व्यवस्थापक मौर्यले भने, ‘यस अनुसार उनीहरुलाई लकर र आर्थिक कारोबार गर्ने स्थानबारे राम्रोसंग जानकारी भएको देखियो ।’ लकरबाट ६ लाख रुपैया र दैनिक आर्थिक कारोबार गर्ने काउण्टरबाट १७ लाख ११ हजार ४४ रुपैया चोरी भएको ब्यवस्थापक मौर्यले जानकारी दिए ।

    रुपन्देहीको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले घटनाको अनुसन्धान भइरहेको बताए । घटनामा संलग्न दुई व्यक्तिहरुको हाउभाउ अनुसार सहकारीबारे जानकार भएको देखिएको बताउदै कर्मचारीसहित त्यहाँ नियमित आउनेजानेहरुसँग सोधपुछ भईरहेको उनले बताए ।

    करीब १ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीको १६ करोड कुल पुँजी रहेको छ । ११ करोड १२ लाख ऋण लगानी भएको उक्त स्ववलम्बनमा हाल ब्यवस्थापक सहित ४ जना कर्मचारी कार्यरत छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध नेपाल प्रहरी मझगावाँ मर्चवार सहकारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.