
भैरहवा, १८ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिर्सोटले आफ्नो तीनवटा उद्देश्य सार्वजनिक गरेको छ । नयाँ व्यवस्थापनले संचालन गरेको वर्ष दिनको पुगेको अवसरमा रिसोर्टले कार्यक्रम आयोजना गरी उद्देश्य सार्वजनिक गरेको हो ।
आगामी दिनमा आफ्ना सेवालाई नयाँ दिशा प्रदान गरेर अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त रिर्सोट बनाउन यस्ता उद्देश्य सार्वजनिक गरिएको जनाएको छ । पहिलोवर्ष रिर्सोटलाई पूर्ण सञ्चालनका लागि आवश्यक तयारीमा बिताएको व्यवस्थापनले व्यवस्थापन, कर्मचारी र समुदायको सहकार्यमा आगामी वर्ष उपलब्धीपूर्ण बनाउने जनाएको छ । त्यसकालागि कर्मचारीलाई उत्साहित तुल्याएर समुदायसित सहकार्य गरिने व्यवस्थापनले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको उपलक्ष्यमा सोमबार ‘सेलिब्रेटिङ आवर टाइगर’ शिर्षकमा कार्यक्रम आयोजना गरिएको थियो । रिर्सोटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक लेखकले आन्तरिक बृत्तिविकास अन्तर्गत रिर्सोटले कर्मचारीको क्षमताबृद्धि जोड दिने जनाए । गत वर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोमबार विभिन्न विद्या अन्तर्गत पुरुस्कृत गरिएको उनले बताए ।
यसका साथै रिर्सोटमा कार्यरत कर्मचारीको व्यक्तिगत, व्यवसायिक, मानसिक र समग्र बृत्तिविकासलागि वर्षभरि कार्यक्रम सञ्चालन गरिने जनाएको छ । रिर्सोटमा अन्तराष्ट्रिय स्तरको हस्पिटालीटी सेवा प्रदान गर्न कर्मचारीलाई नियमित तालिम प्रदान गरिने लेखकले बताए ।
रिर्सोटले परिसरमा एक सय विभिन्न जातका बिरुवा रोपेको थियो । सीइओ लेखकले रिर्सोटमा कार्वन उत्र्सजन हुने वस्तुको प्रयोग शून्य बनाउने र हरियाली बढाएर वातावरण संरक्षणमा टेवा पुर्याउने बताए । ‘आगामी केही वर्षभित्रै रिर्सोटले कार्वन उत्र्सजन हुने बस्तु शुन्य बनाउँदैं लैजानेछौं,’ उनले भने, ‘प्रत्येक वर्ष एक सय बिरुवा रोप्नेछौं भने होटलमा बिद्युतीय गाडीको मात्रै प्रयोग गरिनेछ ।’
गैर आवासीय नेपालीको लगानीमा लामो समय बन्द रहेको रिर्सोट एक वर्ष अघि सञ्चालनमा आएको थियो । यस अवसरमा रिर्सोटले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सहकार्यलाई जोड दिइने जनाएको छ । ‘स्थानीयसँग मिलेर सरसफाई र स्वच्छताका कार्यक्रम अगाडि बढाइनेछ,’लेखकले भने, ‘समुदायमा स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रमसँगैं स्थानीयलाई रिर्सोटमा हस्पिटालिटी सम्बन्धि इन्टर्नशीप र तालिमको व्यवस्था गरिनेछ ।’

