
काठमाडौं, १८ भदौ । अफ्रिकी मुलुक कंगोको एक कारागारमा भागदौड मच्चिदा १२९ जनाको मृत्यु भएको छ ।
७ वर्षअघि ४ हजार कैदीबन्दीलाई राख्न सकिने गरी निर्माण भएको कंगोको सबैभन्दा ठुलो कारागारमा चेतावनीस्वरुप गोली चलाउँदा भएको भागदौडमा उक्त घटना भएको बताइएको छ ।
किन्शासाको मकाला जेलबाट भाग्न खोज्ने २४ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य सबैको भाग्ने क्रममा लडेर, निसास्सिएर मृत्यु भएको हो ।
Advertisement

Advertisement
Advertisement

कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीका अनुसार घटनामा ५९ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त कारागारमा करिब १२ हजार कैदीबन्दी रहेको बताइएको छ ।
भागदौडपछिको असहज अवस्थामा कारागारभित्र रहेका महिलाहरूको बलात्कारसमेत भएको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् ।

