
काठमाडौं, १८ भदौ। नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध सङ्घर्ष गर्ने तयारी भइरहेको बताएको छ ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र सडक दुवै ठाउँबाट सङ्घर्ष गर्ने तयारीमा आफूहरू रहेको बताएका हुन ।
Advertisement

Advertisement
Advertisement

मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत बढेको भन्दै पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए ।
सरकार राष्ट्रियताको सवालमा पनि गम्भीर नभएको आरोप लगाउँदै उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोस्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको बताए ।

