
दाङ, १९ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृती भित्रिन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय तीज पर्वमा भित्रिन खोजेको विकृती विसंगती रोक्ने जिम्मेवारी सबैको भएको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तब्य भएको बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मौलिक कला,संस्कृतीको जगेर्ना गर्दै भित्रिन खोजेको विकृती विसंगतिलाई रोक्नेगरी पर्व मनाउन उनले आग्रह गरे । ‘तीजलाइ भड्किलो बनाउन खोजिएको छ । विकृतिले घेर्न थालेको छ’उनले भने,‘भड्किलो तीजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो । यस तर्फ पनि हामीले ध्यान दिनुपर्ने छ ।’

