
भैरहवा, २४ भदौ। सजाए भुक्तानका लागि कारागार चलान भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर केसी रिहा भएका छन् ।
३३ वर्षअघि साविक रुकुम जिल्ला अदालतले श्रीमतीसगँको अंश मुद्दामा किर्ते गरेको ठहर गर्दै केसीलाई ०४८ असार ९ गते एक वर्ष कैद र दुई हजार जरिवाना सजाएको फैसला गरेको थियो । र, त्यससमय देखि उनी फरारको सूचीमा थिए ।
Advertisement

Advertisement
Advertisement

प्रदेशसभा सदस्य केसी आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएपछि सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । तर, कानुनको दफा टेकेर उनी सोमबार नै रिहा भएका छन् ।
फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा कारागार सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम उनले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।
अदालतबाट कारागार चलान गरिएपनि उनी कैदी सरह कारागार भित्र नबसी सोमबार रिहा भएको बताइएको छ ।

