Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तीनै तहका सरकारलाई युवाहरुको ‘झापड’, बनाइदिए विद्यार्थीहरुका लागि पुल
    फोकस लुम्बिनी

    तीनै तहका सरकारलाई युवाहरुको ‘झापड’, बनाइदिए विद्यार्थीहरुका लागि पुल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र २४, सोमबार १८:०६ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, २४ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रको विद्यालयमा जाने पुल भत्काइएपछि विद्यालयमा आउजाउमा भइरहेको समस्यालाई केही युवाहरुले समाधान गरेका छन् ।

    मर्चवारको मर्चवारी गाउँपालिका वडा नम्बर ६ स्थित श्री ठर्की माध्यमिक विद्यालयमा जाने बाटोमा निर्माण गरिएको अस्थायी पुल गत मंगलबार अज्ञात समूहले भत्काइदिएका थिए । जसकारण विधालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालयमा आउजाउमा समस्या भइरहेको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सोही विषयलाई लिएर संचारमाध्यमहरुमा समाचार प्रकाशन भएपछि केही युवाहरुले उक्त स्थानमा काठको अस्थाई पुल निर्माण गरिदिएका छन् । ‘पुल निर्माण गरिदिने व्यक्तिहरुको पहिचान खुलेको छैन’ विद्यालयका प्रधानाध्यापक बलिराम यादवले भने, ‘तर, हाम्रै विद्यालयमा पढेका पूर्वविद्यार्थीहरुले आफ्नै संयुक्त लगानीमा अस्थाई पुल बनाइदिएको जानकारी प्राप्त भएको छ ।’

    उनले थपे–‘पुल निर्माण गरिदिनका लागि हामीले सरोकारवालाहरुलाई आग्रह गरेका थियौ । तर, हाम्रो आग्रहलाई कसैले सुनेन । हाम्रै पूर्वविद्यार्थीहरुले पुल बनाइदिएको सुन्दा खुशी लागेको छ । उनीहरुमा पहिचान गर्नमा लागेको छु । पहिचान भएमा उनीहरुलाई सम्मान गर्छौँ ।’

    उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्यनरत छन् । पुल भत्किदा उनीहरु खेतको आलीको हिलाम्मे बाटो हुदै समेत विद्यालय जानु परेको थियो भने साना उमेर समूहका विद्यार्थीहरु विद्यालय जानै छाडेका थिए । तर, उक्त समस्याको समाधानका लागि तीनै तहको स्थानीय, प्रदेश र संघिय सरकार अग्रसर नभएपछि पूर्वविद्यार्थीहरुले आफ्नै लगानीमा अस्थाई काठको पुल बनाएर तीनै तहको सरकारलाई गतिलो ‘झापड’ दिएको स्थानीयहरुले बताएका छन् ।

    पुल निर्माणपछि विद्यालय पुग्न सहज भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी गुलाब खटिकले बताए । ‘पुल भत्काइएपछि विद्यालय आउजाउको समयमा समस्या भइरहेको थियो’, उनले भने, ‘काठको अस्थायी पुल भए पनि अब विद्यालय जान सहज भइरहेको छ ।’ प्रधानाध्यापक यादवका अनुसार पुल भत्काउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय मझगाँवामा उजुरी दिइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पुल मर्चवार मर्चवारी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.