Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ हुँदै
    अर्थ

    भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र २४, सोमबार २३:२१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २४ भदौ। पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ (भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१) कार्यक्रम हुने भएको छ । यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ होटल संघ नेपालले संस्थाको १८ औँ स्थापना दिवसमा एवं ४५ औँ पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ कार्यक्रमको आयोजना गरेको हो ।

    भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई दिन असोज ११ र १२ गते आयोजना गरिएको महोत्सवमा ५ तारे, ४ तारे, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका स्टलहरु रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए । उनले सुविधासम्पन्न तारे होटलमा पाईने विभिन्न परिकारहरु सडकमै छुट सुविधासहित पस्किने गरिने व्यवस्थापन भइरहेको बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले विगतमा बेलहिया नाकामा पुगेर पर्यटन दिवस मनाउने गरिएपनि यस वर्ष पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विगतभन्दा फरक ढंगले कार्यक्रम आयोजना गरिएको बताए । ‘पहिला पर्यटन दिवसको अवसरमा हामीले बेलहिया नाकाबाट मुलुकमा प्रवेश गरेर पहिलो पर्यटकलाई स्वागत सम्मानसहित कार्यक्रम गरेर दिवस मनाउन्थ्यौँ’,उनले भने, ‘तर, यस वर्ष आफ्नै क्षेत्रको प्रवद्र्धनसहित केही फरक गरौँ भनेर यस कार्यक्रमको आयोजना गरेका हौँ ।’

    महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका गरी करिब ५० हजार पर्यटक सहभागी हुने अपेक्षा आयोजकको छ । भारतबाट तीन प्रतिशत पर्यटक मात्र नेपाल आउने वातावरण बनाउन सकिए मुलुकको पर्यटन क्षेत्रले फड्को मार्ने उनको भनाई छ ।

    होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भैरहवाको देवकोटा चोकदेखि आँखा अस्पतालसम्मको सर्भिस लेनमा चल्ने महोत्सवमा राष्ट्रियसहितको कलाकारहरुको प्रस्तुती रहने बताए । उनका अनुसार महोत्सवमा दुर्गेश थापा, समिक्षा अधिकारी, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्कीसहित लाइभब्याण्डको प्रस्तुती रहने छ ।

    कार्यक्रमको मुख्य प्रायोजक रहेको युनाइटेड एजोड इन्स्योरेन्स लिमिटेडका लुम्बिनी प्रदेशका नायव प्रबन्धक प्रकाश शर्माले पर्यटन क्षेत्रको संस्था होटल संघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको जनाए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    खाना महोत्सव पर्यटन दिवस बेलहिया नाका भैरहवा सिद्धार्थ होटल संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.