Close Menu
    What's Hot

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रूपन्देहीको कालीदह नाकामा पनि एकीकृत सुरक्षा जाँच
    प्रमुख समाचार

    रूपन्देहीको कालीदह नाकामा पनि एकीकृत सुरक्षा जाँच

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र २६, बुधबार १४:१० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ भदौ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा पनि एकीकृत सुरक्षा जाँच बिन्दु संचालनमा ल्याइएको छ । यस अघि बेलहिया नाकामा एकीकृत सुरक्षा जाँच बिन्दु संचालनमा ल्याइएको थियो । बेलहिया नाकामा संचालनमा ल्याइएको एकीकृत सुरक्षा जाँच बिन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकासगँ समन्वमा कालीदह नाकामा बुधबारबाट एकीकृत जाँच बिन्दु संचालनमा ल्याएको हो ।

    बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उद्घाट गरे । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार बेलहियामा जस्तै कालीदहको एकीकृत जाँच बिन्दुमा पनि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन् । त्यसपछि उनीहरुलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ भने जिल्लाभर अन्यत्र चेकजाँच हुने छैन । ‘सुरक्षाकर्मीलाई शंका लागेका बेला जुनसुकै ठाउँमा चेकजाँच हुन्छ तर नियतबस वा अन्य बहानामा पर्यटकलाई दुःख दिने गरी चेकजाँच हुने छैन’, प्रजिअ अर्यालले भने, ‘चेकजाँच भइरहेको ठाउँमा एकीकृत जाँच बिन्दुबाट उपलब्ध गराइएको कार्ड देखाएर जिल्लाभर पर्यटकका गाडी आउजाउ गर्न पाउने छन् ।’

    पछिल्लो समय आफ्नै सवारी साधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन् । बेलहिया–सुनौली नाकाबाट भने भारतसहित तेस्रो मुलुकका पर्यटक पनि भित्रिन्छन् । कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया–सुनौली नाका हुँदै नेपाल भित्रिनुपर्ने बाध्यता छ । भारतीय पर्यटकलाई भने भिषा नलाग्ने भएकाले बेलहियाँसँगै कालीदह नाका प्रयोग गर्छन् ।

    तर, सुरक्षाको बहानामा पर्यटकका सवारी जिल्लाका दर्जन ठाउँमा चेकजाँच गरिन्छ । यसले पर्यटकलाई हैरानी भएको भन्दै गुनासो बढेको थियो । यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालले बेलहिया–सुनौली र कालीदह नाकामा एकीकृत जाँच विन्दु संचालनका लागि पहल गरेका थिए । प्रशासनकै पहलमा बेलहिया र कालीदह नाकामा अहिले वाकथ्रु मेसिन राखेर त्यसबाट नेपाल भित्रिने सबै मानिसको सुरक्षा जाँच समेत गरिँदै आएको छ ।

    प्रजिअ अर्यालले छिट्टै कालीदह छोटी भन्सारमा भारतीय सवारीको भन्सार सुविधा दिने व्यवस्था मिलाइने जनाए । कोरोना अघि यो नाकाबाट भित्रिने सवारीको भन्सार सुविधा यहीबाट दिइन्थ्यो । तर, अहिले रोकिएको छ । यसलाई पुनः संचालनका लागि प्रशासनले पहल गरिरहेको अर्यालले बताए । उनले कुनै पनि बहानामा पर्यटकलाई दुःख दिने, हैरानी गर्ने र उनीहरुबाट आर्थिक लाभ उठाउने जस्ता काम भए सैह्य नहुने बताए । ‘पर्यटक नेपालमा घुम्न, रमाउन र आनन्द लिन आउँछन्, तर विभिन्न बहानामा दुःख दिने गरेको गुनासाहरु आइरहन्छन्’, उनले भने, ‘अब, पर्यटकलाई दुःख दिने सुरक्षाकर्मी, कर्मचारी वा जोसुकै व्यक्ति भए पनि कारबाही हुन्छ ।’

    उनले सबै मिलेर पर्यटकलाई स्वागत गर्ने र रुपन्देहीसहित मुलुकमै शान्त र सुरक्षित वातावरण छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले चोरीतस्करी र गैरभन्सार क्रियाकलाप रोक्न लागिपरेको जनाए । तीनै तहका सुरक्षा निकायसहित प्रशासनले रातदिन गस्ती गर्ने, चोरीपैठारीका सामान समाउने र त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँदै आएको सुनाए ।

    नगर प्रमुख सजरुद्दिन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले पर्यटकमैत्री वातावरण बनाउन सरकारसँगै स्थानीय बासिन्दाको पनि दायित्व भएको जनाए । उनले कालीदहबाट भारतीय सवारी नेपाल प्रवेश गर्दा भन्सार सुविधा दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

    उपप्रमुख कल्पना हरिजले विगतमा पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो आइरहेको बताउँदै अब त्यो गुनासो हट्ने विश्वास व्यक्त गरिन् । उनले सबै सुरक्षा जाँच एकै ठाउँमा गरिँदा पर्यटकीय वातावरण बन्ने र नेपाल र नेपाली सुरक्षा निकायप्रतिको विश्वास पर्यटकमा झनै बढ्ने जनाइन् । नाका व्यवस्थापनले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह हुने समेत उनको विश्वास छ ।

    एकीकृत जाँच विन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइने छ । यस्तो सवारीले सुरक्षा जाँच भइरहेको ठाउँमा अन्य कागजात नदेखाई त्यही कार्ड देखाएर गन्तव्यसम्म पुग्नेछन् । नगरपालिकाको लगानीमा कालीदहमा स्थायी संरचना बनाइ एकीकृत जाँच बिन्दु संचालन गरिएको हो । कालीदहको एकीकृत जाँच विन्दुको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । एकीकृत जाँच विन्दु उद्घाटन कार्याक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, भन्सार, सुरक्षा प्रमुख, जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको सहभागिता थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एकीकृत सुरक्षा जाँच कल्पना हरिजन कालीदह नाका गणेश अर्याल बेलहिया लुम्बिनी सांस्कृतिक नगरपालिका सजरुद्दिन मुसलमान सशस्त्र प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.