


भैरहवा,२६भदौ। चर्चित हास्य कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिए।

कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने र युरोपेली मुलुकहरुमा राम्रो काम र आम्दानी हुने भन्दै उनको रकम उठाएको सीआईबीको दाबी छ।
सीआईबीका अनुसार शंकरले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रालिको नामको बैंक खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाएका थिए। कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेको सीआईबीको भनाई छ।

