


भैरहवा,४असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुन तोलामा १५ सयले बढेपछि प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुस्

