
भैरहवा,५असोज । विश्वमा शान्तिको कामना गर्दै शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय मेगा शुन्य रिट्रिट कार्यक्रम गरिएको छ।
शुन्यती अन्तर्राष्ट्रिय फाउण्डेशन (एसआईएफ) को आयोजनामा शनिवार लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा भएको मेगा शुन्य रिट्रिटमा समता विपाशना ध्यान पद्धतीको माध्यमबाट सुख र शान्तीको अनुभूति गराउन र गौतमबुद्धको शिक्षालाई विश्वमा फैलाउने र विश्वमा शान्तिको कामना गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

फाउण्डेशनका निर्देशक डा.राजेश सवेराले शान्तिका अग्रदुत गौतमबुद्धलाई गुरु मानेको बताउँदै ध्यान मार्ग नै शान्तिको मार्ग रहेको बताए।
‘जसले हामीलाई ज्ञान नै तपाईको दुखहरुको मुक्तिको मार्ग हो सिकाउनु भयो । ज्ञानको लागि ध्यान पद्दतीको पनि उहाँले विकास गर्नुभयो । ध्यानले मानिसलाई सधै समृद्धिको मार्ग पाईने कुरा पनि बताउनुभयो’, लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा सवेराले भने, ‘र, यही कुरालाई सिकाउनको लागि हामीले लुम्बिनीमा यो कार्यक्रमको आयोजना गरेका हौ।’

भगवान बुद्धको सन्देश विश्वभर शान्ति र समृद्धिको प्रवर्द्धन गर्न र भारत नेपालको साझा संस्कृतिलाई ध्यानमा जोड्न यो कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ। कार्यक्रममा भारत र नेपालका हजारौंले शुन्यव्यास मार्फत ध्यान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै ध्यानाचार्य नागजीवले आफ्नो अनलाइन सन्देशमार्फत भगवान बुद्धलाई शिक्षक र गुरु मानेको बताए । ‘हामीले बुद्धका सन्देशहरूमा मनन गर्नुपर्छ । जसमा हामी सुखको अनुभूति गर्छौँ’, उनले भने।
कार्यक्रममा शुन्यता अभ्यास र भगवान बुद्धको उपदेश र सन्देशको प्रसार गर्दै संस्थाका निर्देशक तथा मार्गदर्शक आयुर्वेदिक चिकित्सा तथा फिजियोथेरापिस्ट डा. राजेश सवेराले शुन्यताको ध्यानाकर्षण गर्दा आफूभित्र शान्ति र आनन्द प्राप्त हुने बताए । विश्वमा शान्ति र समृद्धिको प्रवद्र्धन गर्न बुद्धका सन्देश र शिक्षालाई आत्मसात गरी शून्यताको ध्यान गर्नु महत्वपूर्ण भएको उनले जनाए ।
आयोजकका अनुसार कार्यक्रममा नेपाल र भारतका करिब ६ हजार जनाको सहभागिता रहेको थियो भने विश्वका ४० देशमा प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । नेपाल क्राउन एम्बेसडर मिनाराम खड्काले नेपाल दोस्रो पटक रिट्रिट कार्यक्रम गरिएको जानकारी दिदै विश्वमा शान्ति र समृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनहरुमा अझै बढी र उत्साहजनक सहभागिता सतिह कार्यक्रमलाई निरन्तरता दिइने बताए ।


