


भैरहवा,६असोज। प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा अदालतले पक्राउ गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले बताए।
प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको टोली भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको निवासमा पुग्दा घरको गेट एक घण्टासम्म पनि नखोलिएपछि प्रहरी भर्याङ लगाएर कम्पाउन्डबाट घरमा प्रवेश गरेको थियो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

