
भैरहवा,१० असोज। भैरहवामा शुक्रवार (भोली) देखि भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ हुने भएको छ ।जसको सबै तयारी भइसकेको आयोजकले जनाएको छ । संस्थाको १८ औ स्थापना दिवस र ४५ औं विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपालले भैरहवामा दुई दिने (असोज ११ र १२ गते) महोत्सवको आयोजना गरेको छ।
महोत्सवमा ५० बढी स्तरीय होटलहरुको स्टल रहने संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए। ‘पर्यटन दिवसमा सीमामा गएर पर्यटकलाई स्वागत गर्ने पराम्परागत तरिकाबाट अलि माथी उठेर यो पृथक कार्यक्रम ल्याएको छौं’, उनले भने ‘यसले यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्ने हाम्रो उद्देश्य हो ।’
Advertisement

Advertisement
Advertisement

महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उदघाटन गर्ने र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् । महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहेको कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए ।
महोत्सवको पहिलो दिन दुर्गेश थापा, एलिना चौहान, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली र वैन्ड–लाइभको प्रस्तुति रहने छ । यस्तै दोश्रो दिन तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्की लगायतको प्रस्तुती रहने खरेलले बताए।

