
भैरहवा,११असोज। भैरहवामा आयोजना गर्न लागिएको भैरहवा खाना महोत्सव एवं सांगीतिक साँझ स्थगित गरिएको छ।
४५ औँ विश्व पर्यटन दिवस र संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपाल(शान) द्धारा दुई दिने असोज ११ र १२ गते कार्यक्रमको आयोजना गर्न लागिएको थियो। जसको सम्पूर्ण तयारी समेत भइसकेको अवस्थामा निरन्तर वर्षाका कारण कार्यक्रम स्थगित गरी कार्यक्रमको मिति सार्नु परेको कार्यक्रम संयोजक विनोद खरेलले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

‘वर्षाका कारण आज र भोली कार्यक्रम गर्न असमर्थ भएका छौँ’,शुक्रवार संघले जारी गरिएको सूचनामा भनिएको छ, ‘उक्त कार्यक्रम अर्को हप्ता शुक्रवार र शनिवार (असोज १८ र १९) गतेमा सारिएको छ ।’
उक्त दिन कार्यक्रम भैरहवा देवकोटा चोक क्षेत्रमा साँझ ५ बजेदेखि संचालन हुने आयोजकले जनाएका छन्।
हेर्नुहोस् संघले जारी गरेको सूचनाः


