Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारीका शिक्षकलाई बहुभाषिक शिक्षा तालिम
    प्रमुख समाचार

    मर्चवारीका शिक्षकलाई बहुभाषिक शिक्षा तालिम

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन ११, शुक्रबार २३:३६ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार,११ असोज । रुपन्देहीका मर्चवारी गाउँपालिकाका शिक्षकहरुलाई बहुभाषिक शिक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ । कालिका स्वावलम्बन समाजिक केन्द्रको आयोजना, मर्चवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, शिक्षा तालिम तालिम केन्द्र भैरहवा, रुपन्देही, शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीको सहयोग र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

    यूरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा असोज ७ गते देखि १० गते सम्म ४ दिन तालिम संचालन भएको कालिका स्वावलम्बन समाजिक केन्द्रका कार्यक्रम संयोजक हरिश्चन्द्र चौधरीले बताए । कक्षा १ देखि ३ सम्म अध्ययापन गराउने ३० जान शिक्षकहरुलाई तालिम दिइएको उनले बताए । तालिममा एक विद्यालयबाट २ जना गरी १५ सामुदायिक विद्यालयका शिक्षकहरुलाई सहभागी गराइएको संयोजक चौधरीले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनीमा सम्पन्न उक्त तालिमको समापन कार्यक्रममा बोल्दै तालिम केन्द्र भैरहवा रुपन्देहीका तालिम प्रमुख तथा समापन कार्यक्रममा प्रमुख अतिथि दिवाकर भण्डारीले विद्यार्थीहरुलाई सजिलो भाषामा सिकाउनु नै असल शिक्षकको गुण रहेको बताए । यस तालिम पछि मर्चवारी गाउँपालिकाको बालबालिकाहरुको सिकाई पहिलाको तुलनामा बढे मात्र तालिमको उपलब्धि हुने बताए ।

    प्रत्येक दुई वर्षमा बालबालिकाको सिकाई क्षमताको सर्बेक्षणमा हरेक सर्बेमा बढाउन शिक्षककै प्रमुख भुमिका रहेको उनले बताए । उनले भने ‘यस तालिममा विभिन्न निकायको बालबालिकाको सिकाईको क्षमता बढाउन उद्देश्य राखेर यो परियोजनामा लगानी रहेको छ जसलाई शिक्षकले ने सार्थक पार्नेछन भन्ने विश्वास लिइएको छ । शिक्षकहरुबाट सधै साकारत्मक सिकाइको नै अपेक्षा गरिन्छ ।’

    तालिमका प्रशिक्षक हरिश्चन्द्र बरईले बालबालिकाको सिकाई क्षमता बढाउने विभिन्न शैलीबारे तालिम दिइएको बताए । बालबालिकाहरुले सुरुमा बोल्ने मातृभाषालाई प्रथमिकता दिएर किताबी भाषाको प्रयोग गरी शिक्षकले पढाउनु पर्ने बताए ।

    उनले भने ‘सिकाउनु एउटा अभिनय जस्तो हो विद्यार्थीहरुले कसरी बुझदछन् हामी त्यसरी नै सिकाउने प्रयास गर्नु पर्दछ । तालिममा सिकेका सीप र शैली ब्यवहारिक रुपमा प्रयोग गरी बालबालिकाहरुलाई अध्ययापन गर्नुहोला ।’ विद्यार्थीलाई राष्ट्रिय भाषा नै बोल्ने कर नलगाई उनीहरुको बोल्ने भाषा मै सिकाउन पर्यास गर्नुपर्ने उनले बताए ।

    तालिमका सहभागी शिक्षक उमाशंकर सहानीले विद्यालयमा पढाउँदा हुनेगरेका चुनौतीलाई समाना गर्ने क्षमताको विकास भएको बताए । भर्खरै विद्यालाय आएका बालबालिकाहरुलाई मातृभाषा तथा राष्ट्रिय भाषाको प्रयोग गरी बहुभाषाले कसरी सिकाउने भन्ने कुराको तालिम सामाग्रीको प्रदर्शनले समेत निकै जानकारीमुलक भएको उनले बताए ।

    यसैगरी तालिमकी सहभागी शिक्षिका सबिता श्रीवास्तवले विद्यार्थीहरुको मनोबिज्ञानलाई बुझेर कसरी शिक्षा प्रदान गर्नेबारे सिकेका कुरालाई राम्रो तरिकाले प्रयोग गर्ने बताइन् । बालबालिकाहरुलाई अध्ययापन गर्ने शिक्षकहरुलाई तालिम दिएको आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेकी थिइन् । कार्यक्रममा तालिमका आयोजक संस्थाका तालिम संयोजक हरिश्चन्द्र चौधरी, ब्रिटिस काउन्सिलका आशिष भट्टराई लगायतका मनतब्य राखेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बहुभाषिक शिक्षा मर्चवारी गाउँपालिका शिक्षक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.