


हृदयराम गुप्ता
मर्चवार,११ असोज । रुपन्देहीका मर्चवारी गाउँपालिकाका शिक्षकहरुलाई बहुभाषिक शिक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ । कालिका स्वावलम्बन समाजिक केन्द्रको आयोजना, मर्चवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, शिक्षा तालिम तालिम केन्द्र भैरहवा, रुपन्देही, शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीको सहयोग र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
यूरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा असोज ७ गते देखि १० गते सम्म ४ दिन तालिम संचालन भएको कालिका स्वावलम्बन समाजिक केन्द्रका कार्यक्रम संयोजक हरिश्चन्द्र चौधरीले बताए । कक्षा १ देखि ३ सम्म अध्ययापन गराउने ३० जान शिक्षकहरुलाई तालिम दिइएको उनले बताए । तालिममा एक विद्यालयबाट २ जना गरी १५ सामुदायिक विद्यालयका शिक्षकहरुलाई सहभागी गराइएको संयोजक चौधरीले बताए ।

लुम्बिनीमा सम्पन्न उक्त तालिमको समापन कार्यक्रममा बोल्दै तालिम केन्द्र भैरहवा रुपन्देहीका तालिम प्रमुख तथा समापन कार्यक्रममा प्रमुख अतिथि दिवाकर भण्डारीले विद्यार्थीहरुलाई सजिलो भाषामा सिकाउनु नै असल शिक्षकको गुण रहेको बताए । यस तालिम पछि मर्चवारी गाउँपालिकाको बालबालिकाहरुको सिकाई पहिलाको तुलनामा बढे मात्र तालिमको उपलब्धि हुने बताए ।
प्रत्येक दुई वर्षमा बालबालिकाको सिकाई क्षमताको सर्बेक्षणमा हरेक सर्बेमा बढाउन शिक्षककै प्रमुख भुमिका रहेको उनले बताए । उनले भने ‘यस तालिममा विभिन्न निकायको बालबालिकाको सिकाईको क्षमता बढाउन उद्देश्य राखेर यो परियोजनामा लगानी रहेको छ जसलाई शिक्षकले ने सार्थक पार्नेछन भन्ने विश्वास लिइएको छ । शिक्षकहरुबाट सधै साकारत्मक सिकाइको नै अपेक्षा गरिन्छ ।’
तालिमका प्रशिक्षक हरिश्चन्द्र बरईले बालबालिकाको सिकाई क्षमता बढाउने विभिन्न शैलीबारे तालिम दिइएको बताए । बालबालिकाहरुले सुरुमा बोल्ने मातृभाषालाई प्रथमिकता दिएर किताबी भाषाको प्रयोग गरी शिक्षकले पढाउनु पर्ने बताए ।
उनले भने ‘सिकाउनु एउटा अभिनय जस्तो हो विद्यार्थीहरुले कसरी बुझदछन् हामी त्यसरी नै सिकाउने प्रयास गर्नु पर्दछ । तालिममा सिकेका सीप र शैली ब्यवहारिक रुपमा प्रयोग गरी बालबालिकाहरुलाई अध्ययापन गर्नुहोला ।’ विद्यार्थीलाई राष्ट्रिय भाषा नै बोल्ने कर नलगाई उनीहरुको बोल्ने भाषा मै सिकाउन पर्यास गर्नुपर्ने उनले बताए ।
तालिमका सहभागी शिक्षक उमाशंकर सहानीले विद्यालयमा पढाउँदा हुनेगरेका चुनौतीलाई समाना गर्ने क्षमताको विकास भएको बताए । भर्खरै विद्यालाय आएका बालबालिकाहरुलाई मातृभाषा तथा राष्ट्रिय भाषाको प्रयोग गरी बहुभाषाले कसरी सिकाउने भन्ने कुराको तालिम सामाग्रीको प्रदर्शनले समेत निकै जानकारीमुलक भएको उनले बताए ।
यसैगरी तालिमकी सहभागी शिक्षिका सबिता श्रीवास्तवले विद्यार्थीहरुको मनोबिज्ञानलाई बुझेर कसरी शिक्षा प्रदान गर्नेबारे सिकेका कुरालाई राम्रो तरिकाले प्रयोग गर्ने बताइन् । बालबालिकाहरुलाई अध्ययापन गर्ने शिक्षकहरुलाई तालिम दिएको आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेकी थिइन् । कार्यक्रममा तालिमका आयोजक संस्थाका तालिम संयोजक हरिश्चन्द्र चौधरी, ब्रिटिस काउन्सिलका आशिष भट्टराई लगायतका मनतब्य राखेका थिए ।

