


भैरहवा,१४असोज। अविरल वर्षाले आएको बाढीका कारण गाडीसहित बेपत्ता भएका चालक र सह-चालक शव खोलामा फेला परेको छ ।
शनिवार मर्चवारको सम्मरीमाई गाउँपालिका-५ स्थित रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट भे १ च २६७६ नम्बरको गाडीमा दुध लिएर भैरहवा आउने क्रममा घाघरा खोला क्षेत्रबाट गाडीसहित चालक र सहचालक बेपत्ता भएका थिए । बाढी आएकाले गाडी र मानिस खोलाले बगाएको आंशका खोलामा खोजतलास गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजितसिंह राठौरले गाडीका चालक प्रकाश तामाङ र सह-चालक उमेश लोधको शव खोलामा फेला परेको बताए । उनका अनुसार दुवै जनाको परिवारले शवको सनाखत गरेका छन् । बेपत्ता भएको गाडी आइतबार घाघरा खोलामा बरामद भएको थियो।

