
भैरहवा,१५असोज। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि फेरी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
बुधबारदेखि फेरि दुई दिन लगातार झरी परे पनि शुक्रबार र शनिबारको जस्तो वर्षा हुने अवस्था नदेखिएको मौसमविद्हरुले बताएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् । फुलपातीपछि मात्रै नेपालबाट मनसुन बाहिरिन सक्ने बताइएको छ। मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ।

