
भैरहवा, २२ असोज। अविरल वर्षाका कारण आएको बाढी, पहिरो पीडितका लागि भारतले राहत सामग्री उपलब्ध गराएको छ। भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बाढीपीडितका लागि आवश्यक राहत सामग्री हस्तान्तरण गरे ।
नेपालगञ्ज विमानस्थल परिसरमा एक करोड १८ लाख ५१ हजार भारतीय रुपैयाँ बराबरको सामग्री ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको छ । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल लगायत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बाँकेका सीडिओ रिजालका अनुसार भारत सरकारको तर्फबाट अझै सामग्री आउने र सबै सामग्री सङ्कलन भएपश्चात विमानमार्फत काठमाडौं पठाइने छ।

