
भैरहवा,२३ असोज। नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट भएको तीन जनाको सरुवामा प्रदेश समन्वय विभागमा कार्यरत सन्जीव शर्मा दासलाई भारतको दिल्लीस्थित नेपाली दूतावासमा पठाइएको छ ।
Advertisement

Advertisement
Advertisement

दिल्ली दूतावासमा रहेका एसएसपी उमाप्रसाद चतुर्वेदीलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ल्याइएको छ भने प्रधान कार्यालयको कार्य विभागमा कार्यरत एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा गरिएको छ ।

