
भैरहवा,२६ असोज। नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। असोज २० र २२ गते चार प्रदेशका साथै शनिवार बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश गरी नेपालका सबै भू-भागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर अक्टोबर दुई तारिखमा मनसुन बहिर्गमन हुने भएतापनि यस वर्षको मनसुन १० दिन ढिलो गरि अक्टोबर १२ मा बाहिरिएको महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिन उल्लेख छ। नेपालमा यस वर्ष १२४ दिनसम्म मनसुन रहन पुगेको छ।
Advertisement

Advertisement
Advertisement

जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन् ।
पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।
मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।

