


नवलपरासी,२९असोज।भैरहवा-नवलपरासी सडकखण्डमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
नवलपरासीको रामग्राम नगरपालिका-१५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार सवारी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चुरामणी भट्टराईको सुनवल नगरपालिका-१३ स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक भट्टराई नेपाल प्रहरीमा हवल्दार पदमा कार्यरत थिए।
दुर्घटना पश्चात स्थानीयले हुलाकी सडकमा नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए ।

