


पोखरा,२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतले पक्राउ पूर्जी जारी गरेपछि पोखरामा पार्टीको आकस्मिक बैठक बसेको छ।
शुक्रबार साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक बसेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति माग गरेको थियो।जसमा जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको छ।

बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने रास्वपाका नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ ।
अदालतको अनुमति पश्चात प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी गरेको छ। रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी,कार्यकर्ता जम्मा भएका छन्। लामिछानले कार्यालयमा सम्बोधन गर्दै छन्।

