


भैरहवा,२कार्तिक। जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी पोखरा पठाइदिन पत्राचार गरेको छ ।
कास्की प्रहरीले रविलाई पक्राउ गरि कास्की पठाउन केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरलाई पत्राचार गरेको हो ।

पत्रमा भनिएको छ-‘प्रस्तुत विश्वमा कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई आएको हुँदा पक्राउ अनुमति यसै साथ संलग्न राखी पठाईएको छ प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइ दिनु हुन सादर अनुरोध गरिएको छ।’
हेर्नुहोस् पत्र:


