


पोखरा, ४ कार्तिक। जिल्ला प्रशासन कार्यालय पोखराले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

रास्वपाका नेता, कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरुले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको रवि लामिछानेलाई आज अदालतमा पेश गरिदैँछ ।
रास्वपाले पोखरामा विरोध प्रर्दशनका लागि प्रत्येक जिल्लाबाट कम्तीमा एक सय जनाको दरले नेता कार्यकर्ताहरुलाई पोखरा पुग्न सर्कुलर जारी गरेको छ।


