


पोखरा, ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रास्वपाले पोखरामा लगाइएको निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरिरहेको छ। जसकारण स्थिती तनावग्रस्त बनेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेका छन् ।निषेधित क्षेत्रबाट प्रर्दशनीकारीहरुलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच ठेलमठेलको अवस्था छ। रास्वपाका नेता, कार्यकर्ताहरु अदालतअघि भेला भएका छन्। प्रहरीको बाक्लो उपस्थित छ।

साथै, रवि लामिछानेलाई कारवाहीको मागसहित सहकारी पीडितहरुले पनि आजै प्रदर्शनको तयारी गरेका छन् । दुई पक्षीय प्रदर्शनले निम्तिन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिएर उच्च सतर्कता अपनाइएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।

