
भैरहवा,६ कार्तिक। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाराष्ट्रको रायगढ जिल्लाका सलमान कुरेसिया र उमेश सखाराम खंडागले रहेको प्रहरीले जनाएको छ।
जिल्लाको कृष्णनगर नगरपालिका-२ लिङ्गेटमा सवारी साधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको दुई वटा गाडीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुले अयोध्याबाट भाडामा गाडी लिएर नेपाल आएका थिए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार र यूपी ४५ एएस ६६६३ नम्बरको गाडीबाट ८ लाख बरामद भएको हो।
बरामद रकम र नियन्त्रणमा लिइएको व्यक्तिहरु उपर आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको डीएसपी अधिकारीले बताए।

