Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड !
    अन्तर्राष्ट्रिय

    एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड !

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ६, मंगलवार ११:१६ गते
    advertisement
    advertisement
    advertisement

    भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको अनमोल नामको भैंसीको मूल्य थाहा पाउनुभयो भने पत्याउनै गाह्रो पर्छ ?

    मुर्रा जातको यो भैंसी २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन् । तर, पलविन्दर भने अनमोललाई बेच्न तयार छैनन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ । मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ ।

    आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको उक्त मुर्रा भैंसीले चाहिं त्यसको सयौं गुणा धेरै मूल्य पाएको छ । यसको अर्थ अनमोलमा अवश्य पनि केही त यस्तो विशेष होला जसले गर्दा त्यसको मूल्य करोडौंमा छ । आखिर यस विषयमा विज्ञान के भन्छ ?

    किन मुर्राको माग र मूल्य उच्च छ ?

    राम्रोसँग पालन पोषण गरिने उन्नत जातको मुर्रा भैंसीले दैनिक २० देखि २५ लिटरसम्म दूध दिन्छ । जसमा साढे ६ देखि ७ प्रतिशतसम्म चिल्लो हुन्छ । धेरै फ्याट, अर्थात् धेरै घिउ । यसका अलावा मुर्रा भैंसीले लामो समयसम्म दूध दिइरहन्छ । अर्थात् एक बेतमा यसले ३ सय देखि ३२० दिनसम्म दूध दिन्छ । दूधको गुणस्तर पनि उच्च हुन्छ, जसमा प्रोटिन, क्याल्सियम तथा फस्फोरस धेरै पाइन्छ ।

    भैंसीबाट धेरै दूध उत्पादनको अर्थ अन्य दुग्धजन्य पदार्थ बनाउने सम्भावना पनि धेरै हुनु हो, जसबाट आर्थिक फाइदा उच्च हुन्छ । मुर्रा जातको भैंसीको पालनपोषण पनि अन्य जातका भैंसीको तुलनामा सहज छ । साथै यसको औसत उमेर १५ देखि २० वर्ष हुन्छ । जुन अन्य भैंसीको तुलनामा धेरै हो ।

    मुर्रा भैंसीको आनुवंशिक संरचना पनि निकै मजबुत हुन्छ । जसका कारण यसका बच्चा पनि स्वस्थ तथा मजबुत जन्मिन्छन् । राम्रो जेनेटिक मेकअपका कारण यो भैंसीको प्रजननदर पनि उच्च हुन्छ । मुर्रा भैंसीले एकपटक बच्चा जन्माएको ४०० देखि ४५० दिनभित्रमा अर्को बच्चा जन्माउँछ । आम भैंसीको तुलनामा मुर्रा भैंसीको रोग प्रतिरोधी क्षमता पनि उच्च हुन्छ ।

    भारतमा मुर्रा जातका भैंसीको मूल्य उच्च हुनुमा सांस्कृतिक कारण पनि छ । भारतको पन्जाब, हरियाणा तथा उत्तर प्रदेशमा मुर्रा भैंसी पाल्नुलाई सांस्कृतिक तथा सामाजिक रुपले प्रभावशाली मानिन्छ । मुर्रा भैंसी पाल्ने व्यक्तिलाई त्यहाँ धनीमानी मान्ने चलन छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भारत मुर्रा भैंसी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.