
काठमाडौं,७ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ ।
बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएकाले प्रश्न उठाउनु उचित नहुने निष्कर्ष निकालेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘छानबिनमाथि प्रश्न उठाउने कुरा नैतिक रुपमा उचित कुरा होइन् । छानबिनको न्याय निरुपणमा आफ्नो विधि र प्रक्रिया हुन्छ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘छानबिनको प्रक्रिया अघि बढिरहेका बेला सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन ।’
फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित नभएको उनको भनाइ छ । संसद्ले नै छानबिन गर्न निर्देशन दिएको विषयलाई सहजरुपमा लिनुपर्ने पोखरेलले बताए ।
‘अहिले गरेका छानबिनमाथि प्रश्न उठाउने अधिकार अदालतमा नै गएर हो । भिड जम्मा गरेर न्यायिक निरुपणलाई प्रभाव पार्ने कुरा गलत हो’, पोखरेलले भने । बैठकले छानबिन प्रक्रियामा निष्पक्ष ढंगले अघि बढेको उनले बताए ।
सत्तापक्षको तर्फबाट सबै दलले न्याय निरुपणमा प्रभावित नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गर्ने सहमति भएको पोखरेलले बताए ।

