
भैरहवा, ७ कार्तिक। भैरहवा क्षेत्रमामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख एवं प्रहरी निरीक्षक नेत्र बुढाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका-८ बसडिलवाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका व्यक्तिहरुको साथबाट ९० हजार रुपैयाँ र तास बरामद भएको प्रहरी निरीक्षक बुढाले बताए। पक्राउ परेका व्यक्तिहरुको उपर जुवा ऐन अन्र्तगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

