Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रवि लामिछानेसहित १२ जना विरुद्ध रुपन्देही अदालतबाट पक्राउ पूर्जी जारी
    राजनीति

    रवि लामिछानेसहित १२ जना विरुद्ध रुपन्देही अदालतबाट पक्राउ पूर्जी जारी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ८, बिहीबार १९:३९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,८ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ ।

    बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायधिश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले क्लिक लुम्बिनीलाई जानकारी दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

    अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ । तर, कास्की प्रहरीले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएकोले म्यादअवधी पश्चात रुपन्देही ल्याइने सम्भावना देखिएको छ।

    यसअघि ३ वैशाखमा इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

    जसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको थियो । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको थियो ।

    गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

    टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला अदालत रुपन्देही भैरहवा रवि लामिछाने सहकारी ठगी सुप्रिम सहकारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.