
मर्चवार, ९ कार्तिक । मर्चवार आदर्श बहुमुखी क्याम्पसको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई–५ मझगावाँ स्थित उक्त क्याम्पसले एक कार्यक्रमका बिच आर्थिक वर्ष २०८०/०८१ को खर्च-आम्दानी सहित गरिएको विभिन्न गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रुपन्देही जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीले मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहरको रुपमा रहेको बताए । मर्चवार क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसलाई संरक्षण गर्न सबैलाई आग्रह गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

उनले भने ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन मर्चवार आदर्श बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम संचालन गर्नुपर्दछ । सामुदायिक विद्यालय तर्फ आम नागरिकको विश्वसा कम हुदै गइरहेको छ । यसलाई शिक्षक, ब्यवस्थापन समिति तथा अभिभावक सबैले सहकार्य गरी जोगाउनु पर्दछ ।’
कार्यक्रमको अध्यक्षता गरेका कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मर्चवार आदर्श बहुमुखी क्याम्पस प्रगति तर्फ बढीरहेको बताए । स्थापना कालदेखि हरेक दिन ब्यवस्थापन तथा शैक्षिक गुणस्तरमा जोड दिएको भन्दै मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारमा शैक्षिक क्रान्ती ल्याएको बताए ।
मर्चवारमा बहुमुखी क्यम्पस नहुँदा मर्चवारका छोरीहरु उच्च शिक्षाबाट बन्चित भएको अध्यक्ष त्रिपाठीले बताए । क्याम्पस संचालन पछि गरीब, मध्यम तथा उच्च वर्ग र छोरीहरु सहज वातावरणमा उच्च शिक्षा हासिल गरिरहेको अध्यक्ष त्रिपाठीले जनाए ।
क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्यम्पस प्रमुख रामकेश पालले ०६७ सालमा स्थापना भएको उक्त क्याम्पसले विभिन्न चुनौतीहरुको सामना गर्दै अघि बढेको सुनाए । यस वर्ष उक्त क्याम्पसमा ३ सय ९२ विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख पालले बताए ।
‘विद्यार्थीहरुलाई अध्यापनको लागि कक्षा कोठा पर्याप्त भएपनि अन्य आवश्यक भवन तथा ब्यवास्थापन तथा संचालन खर्चको निकै अभाव छ’, उनले भने, ‘क्याम्पस संचालनको लागि भवन भएर मात्र नभाई शिक्षकको तलब, पुस्तकालय, विद्युतीय उपरकण, प्रयोगात्मक शिक्षण लगायत सामाग्रीको ब्यवस्थापन आवश्यक छ ।’
क्याम्पस ब्यवस्थित तरिकाले संचालन गर्नको सुझावहरु दिदै उक्त सभामा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, कोेटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनी, प्रकोप ब्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष गन्नथा प्रसाद कुर्मी लगायतले मनतब्य राखेका थिए भने उक्त कार्यक्रमलाई क्याम्पसका शिक्षक महेश गुप्ताले संचालन गरेका थिए ।

