


भैरहवा, १० कार्तिक । गत ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदका उम्मेदवारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवारी दिएका सुनिल कुमार पुन र वडा नम्बर १३ मा उम्मेदवारी दिएका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् ।

निर्वाचनमा पुन ७ मतले पराजित भएका थिए भने जालन्धरले चौथो स्थानमा थिए।

नेपाली कांग्रेस सिद्धार्थनगर समितिले शनिबार भैरहवामा आयोजना गरेको क्रियाशील भेला तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले टिका, माला लगाएर पार्टीको सदस्यता प्रदान गरेको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोसिस बहादुर खड्काले जानकारी दिए।

