


भैरहवा, १३ कार्तिक। लेबनानको सशस्त्र समूह हिजबुल्लाहको कमाण्ड नइम कासिमले सम्हाल्ने भएका छन्। हिजबुल्लाहका कमाण्डर नेता हसन नसरल्लाह इजरायली हवाई आक्रमणमा मारिएपछि हिजबुल्लाहको सिनियर काउन्सिलले कासिमलाई कमाण्डरको जिम्मेवारी दिएको हो। कासिम यसअघि उपमहासचिव थिए ।
हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफीद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।भारतीय संचारमाध्यको सहयोगमा

कमेन्ट गर्नुस्

