Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रहिश खान : जसले लक्ष्मीपूजाका दिन यस वर्षपनि भैरहवामा गर्दैछन दीपावली उत्सव
    मनोरञ्जन

    रहिश खान : जसले लक्ष्मीपूजाका दिन यस वर्षपनि भैरहवामा गर्दैछन दीपावली उत्सव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक १३, मंगलवार २०:४१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१३ कार्तिक । भैरहवामा तिहार पर्वको अवसरमा दीपावली उत्सव कार्यक्रमको आयोजना गरिएको छ । साउण्ड र संगित (म्युजिक) क्षेत्रमा भैरहवाको ब्राण्डको रुपमा स्थापित भएको युनिक साउण्डले लक्ष्मीपूजाको दिन (बिहीवार) बेलुकी ६ बजे देखि मध्यरातसम्म दीपावली उत्सव कार्यक्रम आयोजना गरेको हो ।

    लक्ष्मीपूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको युनिक साउण्डका संचालक रहिश खानले जानकारी दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘हामीले विगत ८ वर्ष देखि कसैसँग कुनै पनि प्रकारको सहयोग बिना कार्यक्रम आयोजना गर्दै आएका छौँ’, युनिक साउण्डद्धारा आयोजित पत्रकार सम्मेलनमा खानले भने, ‘यस वर्ष पनि आफ्नै व्यक्तिगत लगानीमा कार्यक्रम आयोजना गरिएको छ ।’

    भैरहवाको सानु डिपार्टमेन्ट स्टोर देखि मिलन चोकसम्म आयोजना हुने उत्सव स्थललाई बिद्युतद्धारा झलमल गरीने र कार्यक्रममा सहभागी हुन कुनै शुल्क समेत नलाग्ने उनले बताए । उत्सवमा नृत्य, गायन लगायतका सांस्कृतिक कार्यक्रमहरु सँगै लाईट शो हुनेछ ।

    उनले आफु ईस्लाम धर्मालम्बी भए पनि सबैको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने भावना रहेकोले लक्ष्मीपूजाको दिन उत्सवलाई निरन्तर राखेको बताए ।

    ‘म हिन्दु धर्मालम्बी साथीहरुको पर्वमा रमाउँछु । उहाँहरु हाम्रो पर्वमा रमाउन हुन्छ । एक आपसमा खुसी साट्छौ’,उनले भने, ‘यसले एकआपसमा सामाजिक सद्भाव, एकता अझ बढने विश्वासका साथ वर्षौ देखि कार्यक्रम गर्दै आएको छु ।’

    यो उत्सव अन्य कार्यक्रम सँगै स्थानीय कलाकारलाई आफनो प्रतिभा देखाउने अवसर समेत हुने उनको भनाई छ । कार्यक्रममा यस पटक पनि बिगतमा जस्तै स्थानीय कलाकार संगै राष्ट्रिय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ । तर, विगतका वर्षहरु जस्तै कलाकारहरुको नाम सार्वजनिक गरिएको छैन । र, कलाकारलाई सप्राईजको रुपमा सर्वसाधरण समक्ष प्रस्तुत गरिने बताइएको छ ।

    कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गरेको छ । कार्यक्रम सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ खर्च लागने बताईएको छ । तिहार उत्सवमा भैरहवाका साथै वरपरका क्षेत्रहरु बुटवल, मणिग्राम, परासी साथै छिमेकी देश भारतको सीमावर्ती शहरबाट समेत सहभागिता हुने आयोजकले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तिहार पर्व दीपावली उत्सव भैरहवा रहिश खान लक्ष्मीपूजा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.