
दाङ, २३ कार्तिक । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् ।
प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पुर्याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ । ‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’
स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन रुपन्देहीको बुटवलमा सुविधासम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधासम्पन्न १२ तले एक हजार दुई शैय्या रहने अस्पताल भवन निर्माणको काम अघि बढेको छ ।६ अर्ब १८ करोड बढीको लागतमा ०८५ पुससम्ममा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको हो । उक्त अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हवको रुपमा विकासित हुने विश्वास लिइएको छ ।
प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधासम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा तीन अर्ब नौ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी काम अघि बढेको छ ।
०८२ सालभित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित हाल ६५ प्रतिशत काम पूरा प्रदेश सरकारले जनाएको छ । साथै, एक खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमूना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न सरकारले पहल लिएको छ ।
बाँके जिल्लाको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषि लगायत अध्यापन गराईँदै आएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्ने सरकारको योजना छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडकखण्डलाई बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ ।
रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण सुरु गरेको गरेको हो ।
चार जिल्लामा ८ चरणमा काम थालिएको उक्त सडक निर्माणको कामलाई तीव्रता दिने गरी काम अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।करिब ३ सय किलोमिटर अनुमान गरिएको उक्त सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयले हेर्दै आएको छ ।

