Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाबाट जजिरा एयरवेजले थाल्यो उडान
    अर्थ

    भैरहवाबाट जजिरा एयरवेजले थाल्यो उडान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २४, शनिबार ११:५७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात गरेको छ । विमानस्थल संचालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले शनिवार देखि पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ ।

    शनिवार बिहान ७ः४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । विमानस्थलमा अवतरण भएको जजिराको पानीको फोहोराले स्वागत गरिएको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान तालिका छ ।

    भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडानको सुरुवात गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    शनिवार राति देखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्ह देखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने उनले जनाए ।

    विमानस्थल संचालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि निजी क्षेत्र हौसिएको छ । भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको भैरहवाका पर्यटन व्यवसायी अमित कुमार गुप्ताले बताए ।

    ‘विमानस्थल निर्माणमा अर्बौ लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरुले उस्तै लगानी गरेका छन् । तर, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’ उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौ लगानी र धरासय भएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले यी चार बाहेक अन्य वायुसेवा कम्पनीहरुलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जजिरा एयरवेज भैरहवा विमानस्थल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.