

भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।
विमानस्थल संचालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एयरलाइन्सले पुनः शनिवार देखि काठमाडौं-भैरहवा-दुबई-काठमाडौं उडान सुरु गरेको हो ।
Advertisement

Advertisement
Advertisement
शनिवार राति काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एयरलाइन्स केही समयपछि यहाँबाट दुबई प्रस्थान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
एयरलाइन्स भैरहवा विमानस्थलमा अवतरण गरेपछि पानीको फोहोराले स्वागत गरिएको थियो । उक्त विमानमा भैरहवाबाट जाने यात्रुहरु नरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
उनका अनुसार नेपाल एयरलाइन्सले उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भरेर एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट दुबई प्रस्थान गर्ने तालिका छ ।

यससँगै भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एशिया गरी चारवटा वायुसेवाले व्यवसायिक उडान सुरु गरेका छन् । जसमध्ये थाइ एयर एशियाले शुक्रवार देखि र अन्य तीनवटा शनिवारदेखि नियमित व्यवसायिक उडान सुरु गरेका हुन् ।





