
भैरहवा, २७ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याईदैँछ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानलाई मंगलबार बयानका लागि रुपन्देही ल्याउन लागिएको हो ।
Advertisement

Advertisement
Advertisement


पोखराबाट बिहान ७:४५ बजेको बुद्ध एयरको फ्लाईटमा रुपन्देही ल्याउने तालिका भएपनि मौसमका कारण भैरहवा विमानस्थल बन्द रहेकोले पोखराबाट विमानले उडान भरेको छैन ।
रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको प्रहरी स्रोतले जनाएको छ ।

भैरहवा विमानस्थल बाहिर रास्वपाका नेता, कार्यकर्ता जम्मा भएका छन् । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाईएको छ । साथै, भैरहवा विमानस्थलमा कडाईका साथै भैरहवामा सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

