
भैरहवा, २६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रुपन्देही ल्याइएको हो ।
भैरहवा ल्याइएका रविलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिने र त्यसपछि बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिने तयारी रहेको प्रहरी स्रोतले बतायो । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा नेता, कार्यकर्ता भैरहवा विमानस्थल बाहिर जम्मा भएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रास्वपाले सभापति लामिछाने पक्राउको विरोधमा भैरहवामा विरोधका कार्यक्रम गर्न लागेको छ । उक्त संकेत पाएपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले रास्वपाका नेता, कार्यकर्तालाई विमानस्थलभित्र प्रवेशमा रोक लगाएको छ । विमानस्थल क्षेत्रका साथै भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

