
भैरहवा, २६ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको आरोपमा भैरहवा ल्याएलग्तै जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा भैरहवा ल्याइएको हो ।
Advertisement

Advertisement
Advertisement

कार्यालयमा प्रहरी पुराएलग्त्तै बयान सुरु गरिएको स्रोतले बतायो । ‘बयान लिनका लागि जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ताहरु छन्’,स्रोतले भन्यो,‘बयान सुरु भइसकेको छ । प्रहरीका डीएसपीसहितका अधिकारीहरु पनि उपस्थित छन् ।’

