Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सहकारी ठगी प्रकरण: रविले इन्कार गरे आरोप
    अर्थ

    सहकारी ठगी प्रकरण: रविले इन्कार गरे आरोप

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २७, मंगलवार १९:०३ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२७ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर थालिएको बयानमा उनले आफुमाथी लागेको आरोप अस्विकार गरेका छन् ।

    रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही प्रहरीले मंगलबार रुपन्देही ल्याएर बयान थालेको छ ।पोखराबाट विमानमार्फत भैरहवा ल्याएलग्त्तै जिल्ला सरकारी वकिाल कार्यालयमा बयान सुरु गरिएको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थिती मंगलबार पाँच घण्टा बयान लिएर बुधवार बिहानसम्मका लागि स्थगित गरिएको छ । रविसगँ दिउँसो १ बजेदेखि सुरु गरिएको बयान साँझ ५ः५० बजेसम्म लिइएको थियो ।

    ‘रविसँग सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालि लगायतसँग सम्बन्धित २० वटा भन्दा बढी प्रश्नहरु गरिएको थियो’,स्रोतले भन्यो,‘अझै प्राराम्भिकमै छौँ । बयान हुदै गर्दा साँझ परेपछि बुधवार बिहानसम्मका लागि स्थगित गरिएको छ ।’

    लामिछानेले आफुमाथी लागेको आरोप अस्विकार गर्दै सबै विषय जिबी राईलाई थाहा भएको र आफुलाई राजीतिक पूर्वाग्राहीले फसाईएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।

    मंगलबार साँझ बयान स्थगित भएपछि बाहिर निस्किदै गर्दा संक्षिप्त प्रतिक्रिया दिदैं लामिछानेले भने–‘खोरामा थुन्दैमा बाघ स्याल हुँदैन।’ यति प्रतिक्रिया दिदैं गर्दा प्रहरीले उनलाई बल प्रयोग गरेर अघि बढाएको थियो ।

    बुधवार बिहानसम्मका लागि बयान स्थगित भएपछि लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए ।

    लामिछानेलाई रुपन्देही ल्याउनुअघि भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । रास्वपाका नेता, कार्यकर्ताले सभापति लामिछानेलाई न्याय दिन माग गर्दै प्रर्दशन गरेका थिए भने सुप्रिम सहकारी पीडितहरुले पनि भैरहवामा सहकारी पीडितहरुलाई न्यायको माग गर्दै प्रर्दशन गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवा रवि लामिछाने सरकारी वकिल सहकारी ठगी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.