
भैरहवा,२७ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर थालिएको बयानमा उनले आफुमाथी लागेको आरोप अस्विकार गरेका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही प्रहरीले मंगलबार रुपन्देही ल्याएर बयान थालेको छ ।पोखराबाट विमानमार्फत भैरहवा ल्याएलग्त्तै जिल्ला सरकारी वकिाल कार्यालयमा बयान सुरु गरिएको थियो ।
Advertisement

Advertisement
Advertisement

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थिती मंगलबार पाँच घण्टा बयान लिएर बुधवार बिहानसम्मका लागि स्थगित गरिएको छ । रविसगँ दिउँसो १ बजेदेखि सुरु गरिएको बयान साँझ ५ः५० बजेसम्म लिइएको थियो ।
‘रविसँग सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालि लगायतसँग सम्बन्धित २० वटा भन्दा बढी प्रश्नहरु गरिएको थियो’,स्रोतले भन्यो,‘अझै प्राराम्भिकमै छौँ । बयान हुदै गर्दा साँझ परेपछि बुधवार बिहानसम्मका लागि स्थगित गरिएको छ ।’
लामिछानेले आफुमाथी लागेको आरोप अस्विकार गर्दै सबै विषय जिबी राईलाई थाहा भएको र आफुलाई राजीतिक पूर्वाग्राहीले फसाईएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।
मंगलबार साँझ बयान स्थगित भएपछि बाहिर निस्किदै गर्दा संक्षिप्त प्रतिक्रिया दिदैं लामिछानेले भने–‘खोरामा थुन्दैमा बाघ स्याल हुँदैन।’ यति प्रतिक्रिया दिदैं गर्दा प्रहरीले उनलाई बल प्रयोग गरेर अघि बढाएको थियो ।
बुधवार बिहानसम्मका लागि बयान स्थगित भएपछि लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए ।
लामिछानेलाई रुपन्देही ल्याउनुअघि भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । रास्वपाका नेता, कार्यकर्ताले सभापति लामिछानेलाई न्याय दिन माग गर्दै प्रर्दशन गरेका थिए भने सुप्रिम सहकारी पीडितहरुले पनि भैरहवामा सहकारी पीडितहरुलाई न्यायको माग गर्दै प्रर्दशन गरेका थिए ।

