


भैरहवा, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा भैरहवामा आज पनि पार्टीले प्रर्दशन गरेको छ ।
सहकारी ठगी र संगठित अपराध आरोपको कसुरमा कास्कीबाट रुपन्देही ल्याएर बयान थालिएपछि पार्टीले प्रर्दशन गरेको हो ।


वास्तविक सहकारी ठगको छानबिन गर, सहकारी पीडितलको बचत फिर्ता गर भन्दै सहकारी पीडितलाई न्याय दे, प्रतिवेदन के भन्छ, ८७ अर्ब ले भन्छ लगायत लिखित प्लेड कार्डसहित रास्वपाका नेता, कार्यकर्ताले बुधवार पनि प्रर्दशन जारी राखेका छन् ।

सभापति लामिछानेसगँ जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइँदैछ । मंगलबार बयान लिदै गर्दा साँझ भएपछि बुधवार बिहानदेखि पुनः बयान सुरु गरिएको छ ।


