
भैरहवा,२९ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी रकम ठगीको आरोपमा रुपन्देहीमा तीन दिन देखि लिईदै आएको बयान बिहीवार सकिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही ल्याईएको थियो ।
सुप्रिम बचता तथा ऋण सहकारी संस्थाको रकम ठगीको आरोमा लामिछानेसँग मंगलबार, बुधवार र बिहिवार गरी साढे २३ घण्टा बयान लिईएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनले उक्त समयावधीमा लामिछानेसँग कसुरसगँ सम्बन्धित ७४ वटा प्रश्नहरु गरिएको बताए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थितीमा बिहीवारमात्रै लामिछानेसँग साढे आठ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
सुप्रिम सहकारी र त्यसको अपचलन भएको रकमसँग सम्बन्धित रहेर लामिछानसँग प्रशनहरु सोधिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेले आफुमाथी लागेको आरोप अस्विकार गर्दै आफु सहकारीको सदस्य÷ऋणी नरहेकाले सहकारीसगँ सम्बन्धित सबै विषय जिबी राईलाई थाहा भएको र आफुलाई राजीतिक पूर्वाग्राहीले फसाईएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।
बिहीवार लामिछानेको बयान सकिएपनि पोखरा पठाउन ढिलाइ भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको र शुक्रवार बिहान (भोली) पोखरा पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । त्यसयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीको रकम ठगीको अनुसन्धानका लागि रुपन्देही ल्याएर बयान लिन सुरु गरेको हो ।

