Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सहकारी ठगी प्रकरणः रुपन्देहीमा रविको बयान सकियो, शुक्रवार पोखरा लैजाने
    अर्थ

    सहकारी ठगी प्रकरणः रुपन्देहीमा रविको बयान सकियो, शुक्रवार पोखरा लैजाने

    साढे २३ घण्टा बयान, ७४ प्रश्न
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २९, बिहीबार २०:५२ गते
    फाइल तस्विर।
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२९ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी रकम ठगीको आरोपमा रुपन्देहीमा तीन दिन देखि लिईदै आएको बयान बिहीवार सकिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही ल्याईएको थियो ।

    सुप्रिम बचता तथा ऋण सहकारी संस्थाको रकम ठगीको आरोमा लामिछानेसँग मंगलबार, बुधवार र बिहिवार गरी साढे २३ घण्टा बयान लिईएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले उक्त समयावधीमा लामिछानेसँग कसुरसगँ सम्बन्धित ७४ वटा प्रश्नहरु गरिएको बताए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थितीमा बिहीवारमात्रै लामिछानेसँग साढे आठ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

    सुप्रिम सहकारी र त्यसको अपचलन भएको रकमसँग सम्बन्धित रहेर लामिछानसँग प्रशनहरु सोधिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेले आफुमाथी लागेको आरोप अस्विकार गर्दै आफु सहकारीको सदस्य÷ऋणी नरहेकाले सहकारीसगँ सम्बन्धित सबै विषय जिबी राईलाई थाहा भएको र आफुलाई राजीतिक पूर्वाग्राहीले फसाईएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।

    बिहीवार लामिछानेको बयान सकिएपनि पोखरा पठाउन ढिलाइ भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको र शुक्रवार बिहान (भोली) पोखरा पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । त्यसयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीको रकम ठगीको अनुसन्धानका लागि रुपन्देही ल्याएर बयान लिन सुरु गरेको हो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला सरकारी वकिल कार्यालय नेपाल प्रहरी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.