Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » डीएसपी सरुवाः एउटै ब्याचका दुई डीएसपी टिकेनन् एक ठाउँ
    क्लिक लुम्बिनी विशेष

    डीएसपी सरुवाः एउटै ब्याचका दुई डीएसपी टिकेनन् एक ठाउँ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक २९, बिहीबार २१:२५ गते
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपीद्धय नविन पौडेल र लक्ष्मी खनाल ।
    advertisement
    advertisement
    advertisement

    सलमान खान
    भैरहवा, २९ कार्तिक । नेपाल प्रहरी प्रधान कार्यालयले बुधवार तीन जना डीएसपीहरुको काज सरुवा गरेको छ । प्रधान कार्यालयले बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई प्रहरी हेडक्वाटरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेको छ ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीको प्रहरी हेडक्वाटरको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने हेडक्वाटरको सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सामा ट्वाइसी बनाइएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रुपन्देहीबाट डीएसपी सरुवा गर्दा उक्त स्थानमा अर्को कुनै डीएसपीलाई काजमा पठाइएको छैन । त्यसो त जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डीएसपी दर्जाको दरबन्दी एउटा मात्रै छ । संगठनले काजमा थप एउटा डीएसपी पठाइदिदाँ यहाँ दुई जना हुने गर्दछन् ।

    हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा नवीन पौडेल र लक्ष्मी खनाल एउटै ब्याचका दुई जना डीएसपी कार्यरत छन् । ०८० चैत ७ गतेको चलानी नम्बर ५४७७ को काज सरुवाले खनाल रुपन्देहीमा अर्को आदेश नभएसम्मको लागि काजमा कार्यरत थिइन् । उनको दरबन्दी प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षमा हो भने गत असोज ७ गतेको सरुवाले आएका पौडेलको दरबन्दी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हो ।

    अघिल्लो डीएसपी सरुवामा खनालले अर्घाखाँची जिल्ला मागेपनि नपाएपछि रुपन्देहीमै बस्ने योजनामा रहेपनि डीएसपी पौडेल रुपन्देही आएको करिब दुई महिनामा नै हेडक्वाटरले डीएसपी खनाललाई जिल्लाबाट तानेर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा लगेर थन्काएको छ ।

    ०७० साल चैत ९ मा एकसाथ इन्सपेक्टर भएका उनीहरु डीएसपी एक साथ बढुवा हुन सकेनन् । अब्बलहरुलाई ‘साइड लगाएर’ खनाल पहिलो लट ०८० जेठ २ गते बढुवा सिफारिस सूचीको अन्तिम ४६ औं नम्बरमा बढुवामा हुन सफल भएकी हुन् भने पौडेल दोस्रो लटको ०८० चैत २१ गतेको बढुवा सिफारिसले डीएसपी भएका अधिकृत हुन् ।

    पौडेल अब्बल भएपनि बढुवा छुट्दा खनालभन्दा जुनियर हुन पुगेका छन् । बढुवाको पहिलो लटमा अब्बल अफिसहरुलाई पाखा लगाएर बढुवा सिफारिस सूचीको पुच्छरमा डीएसपी खनालको नाम घुसाएर बढुवा गरिएपछि ‘ब्याचमेट’हरुमा असन्तुष्टि छाएको थियो ।

    ०७० को बाँकी छुटेका इन्सपेक्टरहरुको बढुवामा अझै ढिलाई भइरहेको छ । बढुवामा छुटेर ०७० का इन्सपेक्टरहरु प्रहरी संगठनमा हाल इन्सपेक्टर दर्जामा बाध्यताले ‘सबैभन्दा सिनियर इन्सपेक्टर’ हुन पुगेका छन् ।

    एकै ब्याचका दुई जना डीएसपी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेको बेला डीएसपी खनालको विषयमा मात्र गत कार्तिक ८ गते एक संचारमाध्यममा समाचार प्रकाशित भएपछि उनको ‘ब्याचमेट’सहित सरोकारवालाहरुको बीचमा अनेक चर्चा भएको थियो ।

    पौडेल रुपन्देहीमा आउनुभन्दा अघि खनाललाई कार्यालयको अपराध अनुसन्धान (मुद्दा) शाखाको जिम्मेवारी दिइएको थियो । प्रशासन शाखा डीएसपी मनोहरप्रसाद भट्टको जिम्मेवारीमा थियो । डीएसपी भट्टको सरुवा भएपछि उनको स्थानमा डीएसपी पौडेल आएको केही समयपछि दुवै जनाको साविक जिम्मेवारी हेरफेर गर्दै डीएसपी खनाललाई मुद्दाको जिम्मेवारीबाट प्रशासनको जिम्मेवारी दिइएको थियो भने डीएसपी पौडेललाई मुद्दाको जिम्मेवारी प्रदान गरिएको थियो । यसलाई केही प्रहरीले ‘सिनियरटी’ नाममा जिम्मेवारी हेरफेर हुने गरेको बताउँछन् ।

    यी दुवैजनाको अर्का ‘ब्याचमेट’ हुन् इन्सपेक्टर यमलाल बञ्जाडे । जो यस अघि पनि इलाका प्रहरी कार्यालय रन्यौरासहित रुपन्देही बसेर पुनःजिल्ला प्रहरी कार्यालय रुपन्देहीको मुद्दा शाखामै कार्यरत छन् । पौडेल र खनालको डीएसपीमा बढुवा हुदाँ प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका बञ्जाडे बढुवामा छुटेका अधिकृत हुन् ।

    ०७० सालमा एकसाथ इन्सपेक्टर भएका तर केहीपछि दर्जा–बढुवामा सिनियर–जुनियर भएका तीन जना ‘ब्याचमेट’हरु एउटै कार्यालयमा एकसाथ दरिलो रुपमा उभिन नसकेको प्रहरीहरु बताउँछन् । संगठनमा प्रत्येक ब्याचका अधिकांश मेटहरुबीच आन्तिरक प्रतिस्पर्धा र टसल छ । जुन उपल्लो दर्जामा समेत समय समयमा छताछुल्ल हुने गर्दछ ।

    रुपन्देहीबाट डीएसपी खनालको सरुवा हुँदा र हेडक्वाटरले पनि खनालको स्थानमा कुनै डीएसपीको काज सरुवा नगर्दा इन्सपेक्टर बञ्जाडेको सहयोगमा मुद्दासहित खनाललाई रहेको प्रशासनको जिम्मेवारी समेत पौडेल आफैले सम्हाल्ने भएका छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी सरुवा नेपाल प्रहरी भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.