Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कोटहीमाई गाउँपालिकामा निःशुल्क विद्युतीकरण योजना सुरु
    अर्थ

    कोटहीमाई गाउँपालिकामा निःशुल्क विद्युतीकरण योजना सुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर ४, मंगलवार १३:०६ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, ४ मंसिर । कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युतीकरणको महत्वाकांक्षी योजना सुरु गरेको छ । यस योजनाले कृषि प्रयोजनका लागि निःशुल्क विद्युत आपूर्ति हुने र पालिकाकाहरु कृषकहरु लाभान्वित हुने बताइएको छ । साथै, कृषको जीवनस्तर समेत उकास्निेमा विश्वास लिइएको छ ।

    योजनाको पहिलो चरणमा वडा नं. १, २ र केही क्षेत्रको वडा नं. ३ मा तारपोल व्यवस्थापनको काम सुरु गरिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । निःशुल्क विद्युत उपलब्धताले उत्पादन लागत घट्ने र कृषी उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले भने, ‘सिँचाईमा खपत हुने विद्युत गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा कृषकहरुको मनोबल उच्च हुनेछ र खेतीपातीमा धेरै सुधार हुने विश्वास लिएका छौँ ।’ मर्चवार क्षेत्र कृषि प्रधान क्षेत्र भए पनि सिँचाइको अभावले उत्पादन कमी आउने जस्ता समस्या छन् ।

    उक्त योजना अन्तरगत विद्युतीय मोटरबाट सिँचाई गर्दा वातावरणमा कुनै असर नपर्ने र उत्पादन लागत पनि कम हुने बताइएको छ । यस आर्थिक वर्षमा पालिकाको वडा नं. ३, ४ र ५ मा विद्युतीकरण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जनाए ।

    ‘यो योजना किसानमुखी हो । मुख्य मिटर जडान गरेर कृषि क्षेत्रका लागि निःशुल्क विद्युत सेवा उपलब्ध हुनेछ’,गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष राजेश गुप्ताले भने,‘यस कार्यको लागि १ करोड ५० लाख रुपैयाँको बजेट बिनियोजन भएको छ ।’

    योजनाको पहिलो चरणको विद्युतीकरणका लागि सैलुङ सूर्य निर्माण सेवा एण्ड सप्लायर्स प्रालिले ठेक्का पाएको छ । निर्माण व्यवसायीले गौतम लामाले भने,‘एक महिना भित्र तारपोल विस्तारको काम पूरा गर्ने योजना छ ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोटहीमाई गाउँपालिका मर्चवार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.