
भैरहवा, ६ मंसिर । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । बिहीवार नेपाल विद्यार्थी संघको क्याम्पस ईकाइ समितिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हो ।
युवापुस्ता लागुऔषधको कुलत र जघन्य अपराधमा जोड्दिै गएकोले त्यसको न्यूनीकरण तथा सचेतनाका लागि क्याम्पसका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघको भैरहवा क्याम्पस ईकाइ समितिका सचिव एवं कार्यक्रम संयोजक मोहम्मद उमर बादशाहले बताए ।
Advertisement

Advertisement
Advertisement

भविष्यका कर्णधार रहेका युवाहरु अपराधमा जोडिदै जानु हाम्रो समाज मुलुकको लागि ठिक होइन उनले भने विद्यार्थी अवस्था देखि नै केही युवा अपराधको बाटोमा लाग्ने सम्भावना भएकोले विद्यार्थीहलाई सचेत गराउनका लागि कार्यक्रम गरेका हौँ
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक तिर्थराज गौतमले सहभागीहरुलाई लागुऔषध र अन्य अपराध तथा हुने सजाए लगायतको विषयमा प्रशिक्षण दिएका थिए । उनले लागुऔषधको कुलतमा लागेमा विभिन्न प्रकारले क्षति हुने र क्रमशः व्यक्ति अपराधको बाटोतर्फ लम्किने हुदाँ विद्यार्थीहरुलाई सचेत रहन आग्रह गरे ।
क्याम्पसका विद्यार्थीहरुमा अपराध न्यूनीकरण सम्बन्धि सचेतना फैलाउनले उद्देश्यले कार्यक्रम गरिएको र आगामी दिनहरुमा पनि विद्यार्थीहरुका लागि अन्य कार्यक्रमहरु गरिने कार्यक्रम संयोजक उमर बादशाहले बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका रुपन्देहीका उपसभापति आकाश पौडेल, भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष नवराज अर्याल लगायतको उपस्थिती रहेको थियो ।

