


उदयपुर, १० मंसिर । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
मदन भण्डारी लोक मार्ग हुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ बर्षिय कमलादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा स्थानीय २७ बर्षिया पनावती चौधरी, कार चालक सप्तरीको फत्तेपुरका अमर दियाली र कारमा सवार सावन खाती घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको छ ।
घुमाउरो सडकमा तीव्र गतिमा आएको कार अनियन्त्रित भई रुखमा ठोक्किएर कार उछिट्टिँदा सडक छेउको फलैचामा बसेका स्थानीयहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

