Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » आयल निगमको भण्डारण डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता
    अर्थ

    आयल निगमको भण्डारण डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर १२, बुधबार २३:२३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १२ मंसिर। नेपाल आयल निगम लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालय तथा भण्डारण डिपो निर्माणका लागि डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच बुधवार सम्झौता भएको छ ।

    नेपाल आयल निगम लिमिटेड भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख तथा निगमका उपनिर्देशक प्रदीप यादव र काठमाण्डौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा) का प्रमुख विवेक बरालबीच दस्तखतसहित सम्झौता भएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रुपन्दहीको ओमसतिया र रोहिणी गाउँपालिकास्थित रोहिणी नदी किनारामा रहेको ११ बिघा जमिन क्षेत्रफलमा नेपाल आयल निगमले ३ अर्ब २० करोड रुपैयाँको लागतमा लुम्बिनी प्रदेशस्तरको आधुनिक भण्डारण डिपो तथा कार्यालयको निर्माण कार्य अघि बढाएको छ ।

    जस अनुरुप काठमाडौं विश्वविद्यालयले भ्याटसहित १ करोड ९५ लाख ७६ हजार ५ सय ७८ रुपैयाँ ५५ पैसा (मूल्य अभिवृद्धि कर सहित) ६ महिना भित्र डीपीआर तयार गरि प्रतिवेदन नेपाल आयल निगमलाई बुझाउने सहमति भएको छ ।

    परियोजनाका आयोजना प्रमुख तथा निगमका उपनिर्देशक प्रदीपकुमार यादवले रुपन्देहीको भलवारी डिपोको भण्डारण क्षमता पेट्रोलियम पदार्थको बढ्दो खपतको तुलनामा अत्यन्त न्युन रहेको र बुटवल–भैरहवाबीच घना बस्तीका कारण सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त नभएकाले रोहिणी नदी किनारामा स्थानान्तरण गर्न लागिएको बताए ।

    स्वदेशमै रहेको जनशक्तिलाई उपयोग गर्न काठमाडौं विश्वविद्यालयसँग डीपीआरको सम्झौता गरिएको उनको भनाई छ ।उनका अनुसार निर्माण हुने आधुनिक भण्डारण डिपोमा ९ हजार किलोलिटर डिजेल क्षमताको तीनवटा ठुलो भर्टिकल ट्यांकी , ७ सय ६० किलोलिटर पेट्रोल क्षमताका तीनवटा ठुलो भर्टिकल ट्यांकी, २ सय ५० किलोलिटर मट्टीतेल क्षमताका दुईवटा ठुलो भर्टिकल ट्यांकी निर्माण हुने छ ।

    हालको भलवारी डिपोमा ५ सय १९ किलोलिटर पेट्रोल, ३ हजार ४० किलोलिटर डिजेल र १ सय ४० किलोलिटर मट्टीतेल भण्डारण क्षमता छ । अहिलेको यो क्षमताले पेट्रोल दुई दिन र डिजेल करिब हप्ता दिनको मात्रै माग धान्न सक्छ ।उनले अमेरिकन पेट्रोलियम इन्सिच्युटको मापदण्डलाई पूर्ण रुपमा पालना गरि डिपोमा नविन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने बताए ।

    विश्वविद्यालय कन्सल्टेन्सी सेवाका प्रमुख विवेक बरालले डीपीआर निर्माण मात्र नभई सिक्ने र सिकाउने अवसरमा पनि भएको र परियोजनाले विश्वास गरेकोले आकर्षक डिजाइन बनाउन दत्तचित्त भएर लाग्ने बताए । उनले तोकिएको समयमा डीपीआर बनाएर हस्तान्तरण गर्ने जनाए ।

    डिपो भित्र कम्तीमा एक सय ५० वटा टैंकट्रक सजिलै आवात जावत गर्न सक्न ठूलो क्षमताको पार्किङ स्थल पनि बताइएको छ । नेपाल आयल निगम लिमिटेडले लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्ती सुनिश्चित गर्न रुपन्देहीको भलवारीमा प्रादेशिक कार्यालय र बाँकेको नेपालगञ्जमा शाखा कार्यालय संचालन गरी सेवा उपलब्ध गराइरहेको छ । यसमध्ये भलवारी डिपोको कार्यक्षेत्र तुलनात्मक रुपमा ठूलो छ ।

    रोहिणी नदिको किनारमा रहेको भण्डारण गृहले धेरै समस्याहरु हटाउने यादवको विश्वास छ । नेपाल आयल निगमले अहिले प्रादेशिक रुपमै यस्ता भण्डारण गृहहरुको निर्माणको योजना बनाएको उनले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका काठमाण्डौं विश्वविद्यालय डीपीआर नेपाल आयल निगम भण्डारण क्षमता वृद्धि परियोजना रोहिणी गाउँपालिका रोहिणी नदी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.